२२ आश्विन २०८१, मंगलबार

अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतले घट्यो

प्रकाशित मिति :  7 December, 2023 12:02 pm


काठमाडौँ । अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतले घटेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शुन्य दशमलव २ प्रतिशतमा झरेको हो । बुधवार अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार तेस्रो त्रैमासिकमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.२ प्रतिशतले बढेको छ ।

सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा अस्ट्रेलियाको जीडीपी २.१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अस्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले मंगलवार २०२३ को अन्तिम बैठकमा ब्याजदर ४.३५ प्रतिशतमा राख्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !