२३ आश्विन २०८१, बुधबार

चीनबाट आयात भएको मूर्तिमा सुन भएको आशंका, परिक्षण गरिँदै

प्रकाशित मिति :  7 December, 2023 2:53 pm


काठमाडौं । चीनबाट आयात भएको ५६ कार्टुन मुर्तिमा सुन भएको आशंका गरिएको छ । एक आयातकर्ताले चीनबाट ल्याएको उक्त मूर्तिमा सुनको लेपन लगाएको आशंकामा भन्सार विभागले ल्याब परिक्षण सुरु गरेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा उक्त मुर्तिको ‘एक्सरे’ गर्ने क्रममा मुर्तिमा सुनको लेपन लगाइएको आशंका गरिएको थियो । तर, कार्गोको एक्सरेले सुन हो कि होइन भन्ने यकिन नगरेपछि अहिले भन्सार विभागकै ल्याबमा परीक्षण भइरहेको छ ।

‘कार्गोबाट भन्सार विभागमै ल्याएर यहाँको ल्याबमा परीक्षण हुँदैछ, ५६ कार्टुन भएकोले के कति मात्रामा सुन लेपन गरिएको छ भन्ने यकिन हुन समय लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस !