२३ आश्विन २०८१, बुधबार

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

प्रकाशित मिति :  7 December, 2023 3:42 pm


काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नका लागि कार्य गर्न आग्रह गरेका छन् ।

गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन् । सन् २०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उनले सो पत्र लेखेका हुन्

धारा ९९ मा भनिएको छ, ‘‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनै पनि कुरा स्वीकार्य हुँदैन ।’’

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीका कम्तिमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !