२३ आश्विन २०८१, बुधबार

स्याङ्जामा ट्रक दुर्घटना हुँदा चालक घाइते

प्रकाशित मिति :  7 December, 2023 4:48 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

दुर्घटना ट्रक चालक पाल्पाकाे तानसेन नगरपालिका वडा नम्बर ७ धोबीघाटका ३२ वर्षीय केशव घिमिरे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

सिद्धार्थ राजमार्गमा बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको लु २ ख ५७५५ नम्बरको मिनी ट्रक सडकबाट दुई सय मिटर तल खसेको हो ।

घाइते चालक घिमिरेलको ढाड र बाँया खुट्टा, टाउको लगायतका ठाउँमा चोट लागेको छ भने दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !