२३ आश्विन २०८१, बुधबार

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

प्रकाशित मिति :  7 December, 2023 6:08 pm


काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर बिक्री रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालतको आदेशमा भनिएको छ, “नेपाल दूरसञ्चार प्राधिकरणले विपक्षी एनसेल आक्जियटा लिमिटेडका नाउँमा दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) र सो को विनियमावली, २०७३ को विनियम ४ (क) बमोजिम सेयर खरिद–बिक्री गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्न भनी पत्राचार गरेको मिसिल संलग्न पत्रबाट देखिएको समेतको परिपे्रक्ष्यमा सो समेतको निराकरण हुने गरी हाल मिति २०८०।८।२५ सम्मको लागि खरिद–बिक्री भएका एनसेलका सेयरहरू दर्ता किताबमा दर्ता नगर्नूरनगराउनू भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।”

अदालतले एनसेलसम्बन्धीको अघिल्लो रिटमा यही मंसिर २५ गतेका लागि छलफलमा बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !