२३ आश्विन २०८१, बुधबार

ब्राउन सुगर सहित एक जना पक्राउ

प्रकाशित मिति :  8 December, 2023 11:05 am


काठमाडौँ । प्रहरीले सिराहामा ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

लहानको माखनभोग होटेलबाट वडियारपट्टी गाउँपालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादवलाई ४९ ग्राम ९०० सय मिलिग्रामब्राउन सुगर सहितपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाका आधारमा होटेलमा बसिरहेको अवस्थामा यादवलाइ प्रकाउ गरेको हो ।

प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको खल्तीबाट प्लास्टिकमा पोको पारी राखिएको प्लास्टिक सहित ५१ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित यादवलाई नियन्त्रणका लिएको हो ।

यादवले प्रयोग गरेको स ७ प ५९७ नं।को मोटरसाईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !