२३ आश्विन २०८१, बुधबार

१४ बुँदे घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन सम्पन्र

प्रकाशित मिति :  8 December, 2023 4:44 pm


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको अन्तर्राष्ट्रिय छातासंस्था इफाप्काको ४६औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ।

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी १४ बुँदे घोषणापत्र जारी गरेर उक्त सम्मेलन सम्पन्र भएकाे जनाएकाे छ ।

बढ्दो जनसंख्या, सहरीकरण, जलवायु परिवर्तन लगायत कारण दिगोे पूर्वाधारको उद्देश्यमा चुनौति थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने उल्लेख गर्दै जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्वन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास जस्ता बुँदा घोषणापत्रमा समेटिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले बताए ।

१८ मुलुकका निर्माण व्यवसायीहरुको संस्था इन्टरनेशनल फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासिफिक कन्ट्राक्टर्स एसोसिएसन ९इफाप्का०को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको हो। गत ५ देखि ९ गतेसम्म सम्पन्न सम्मेलनको उद्घान राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। सम्मेलनमा स्वदेश तथा विदेशका ४ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी थिए । त्यस्तै अध्यक्ष सिहंले सरकारले ४० अर्ब भुक्तान नगरेको आरोप लगाउँदै निर्माण व्यवसायीले काम ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महासंघका अनुसार पटक पटक भएको सहमति सरकारी निकायबाटै उपेक्षा हुदाँ मुलुकको निर्माण उद्योग नै धराशायी हुन पुगेको र हजारौं निर्माण व्यवसायीहरू आर्थिक रूपमा टाट पल्टी आत्मदाह गर्ने अवस्थामा पुगेका छन् । अध्यक्ष सिंहले निर्माण उद्योग शिथिल हुदाँ राज्यका अन्य उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र समग्र अर्थतन्त्रमै अत्यन्त प्रतिकूल असर परेको बताएका छन् ।

सरकारले असार २१ मा जारी गरेको म्याद थपको आदेश सरकारी निकायहरूबाटै कार्यान्वयन नहुँदा म्याद थप र भुक्तानीमा थप जटिलता उत्पन्न भएको दाहालको भनाइ छ । १२औं संशोधनले व्यवस्था गरेको अव्यावहारिक माइलस्टोन खारेज गरी कार्यतालिकाका आधारमा म्याद थप गरिनुपर्ने प्रावधान पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

उत्कृष्ट निर्माण कम्पनीलाई अवार्ड

सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीलाई इफाप्का अवार्ड प्रदान गरेका थिए । जस अन्र्तगत सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्नले गोल्ड र जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड पाएका छन् ।

बिल्डिङ कन्स्ट्रक्नस विधामा समानान्तर निर्माण सेवाले गोल्ड र न्यु टेक्निकल इन्फ्रा प्रालिले सिल्भर अवार्ड हात पारेका थिए । इफाप्का सम्मेलनमा दश पटकसम्म सहभागी भएका इफाप्का पूर्वअध्यक्ष गणेशलाल श्रेष्ठ र महासचिव वीरेन्द्रराज पाण्डेलाई पनि सम्मान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !