२३ आश्विन २०८१, बुधबार

महिला हिंसा अन्त्यका लागि एकजुट भएर लागौँ : मन्त्री आचार्य

प्रकाशित मिति :  8 December, 2023 5:57 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

मन्त्री आचार्यले महिला हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताए । उनले महिलालाई आर्थिक रूपमा सम्पन्न गराएर उनीहरूमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गरे ।

मन्त्री आचार्यले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने स्पष्ट पारे ।

मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले महिला सशक्तीकरणको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।



प्रतिक्रिया दिनुहोस !