२३ आश्विन २०८१, बुधबार

प्रधानसेनापतिको रोलक्रममा भएकाहरूको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ : सांसद पन्त

प्रकाशित मिति :  8 December, 2023 6:05 pm


काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरूको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधानसेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरुको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताए ।

उनले प्रधानसेनापतिको रोलक्रममा रहेकाहरू सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानबिन गर्नुपर्ने बताए ।

सांसद पन्तले नेपाली सेनाभित्रै छानबिन भएर क्लिनचिट पाएकाहरूको पनि उमेरमा कैफियत देखिएको उदाहरण दिँदै सेना भित्रको छानबिनले मात्रै नपुग्ने बताए ।

उनले अनावश्यक नेताहरूले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !