२ माघ २०८१, बुधबार

कालीगण्डकी नदीमा दुई लाख बढी माछाका भुरा छाडियो

प्रकाशित मिति :  10 December, 2023 11:42 am


काठमाडौँ । स्याङ्जाको कालीगण्डकी नदी तथा आसपासका खोलाहरूमा दुई लाख बढी माछाको भुरा छोडिएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाको ड्यामको मुख्य क्षेत्र आँधीमुहानमा दुई लाख ५० हजार माछाको भुरा छोडिएको हो ।

नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ‘ए’ परियोजना सञ्चालनसँगै मत्स्य ह्याचरी निमार्ण गरी माछाका भुराहरू उत्पादन गर्ने र कालीगण्डीका विभिन्न स्थानमा छोड्ने गर्दै आएको छ ।

नदिमा शहर, कत्ले, गर्दी, ठडे, हाडे आदि प्रकारका माछाको भुुराहरू छोडिएको जलविद्युत केन्द्रका प्रमुख बाबुराजा मर्हजनले जानकारी दिए । उनका अनुसार बिगतका बर्षहरूमा २५ देखि ३० लाख माछाका भुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदीहरूमा पठाइने गरिएको थियो । यो पटक भने ३५ लाख भुरा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

स्याङ्जामा माछामार्ने कार्यबाट आफ्नो जीविका चलाउदैँ आएका बोटे,माझी लगायतका समुदायलाई माछाका भुरा छोड्नाले प्रत्यक्ष फाइदा पुग्ने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादर थापाले बताए ।



प्रतिक्रिया दिनुहोस !