२३ आश्विन २०८१, बुधबार

‘सहकारीहरू सिद्धान्त भन्दा बाहिर गएर आर्थिक गतिविधि गरे’

प्रकाशित मिति :  10 December, 2023 11:55 am


काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य सीता कुमारी सुन्दासले सहकारीहरू सिद्धान्त भन्दा बाहिर गएर आर्थिक गतिविधि गरेको बताएकी छन्।

स्याङ्जाकाे भीरकाेट नगरपालिकाकाे माछापुच्छ्रे बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सुन्दासले सहकारीहरू सिद्धान्तभन्दा बाहिर गएर आर्थिक गतिविधि गरेको र सहकारीका नाममा ठगीका घटनाहरू बढ्दै गएको बताउँदै उनले स्थानीय, प्रदेश सरकार र नियामक निकायहरूले नियमन र नियन्त्रण गर्नुपर्नेमा बताएकी हुन् ।

समारोहमा बोल्दै उनले सहकारीका सदस्यहरू सबै सहकारीको मर्म र भावना अनुसार समाजमा छरिरर रहेको पूँजीलाई एकीकृत गर्न र सदस्यहरूको आर्थिक जीवनस्तर उकास्न लाग्नुपर्ने बताइन्।

ऋण लगानी गर्दा र लिदा समेत संस्था र सदस्य दुवैले आर्थिक हैसियत र प्रचलित नियम कानूनको पालना गर्नुपर्ने उनको भनाई छ।

ऋण लिएपछि जुनसुकै हालतमा पनि तिर्नुपर्ने बताउँदै उनले समाज दुर्गा प्रसाईं जस्ता अराजक प्रवृत्तिको पछि लाग्न नहुनेमा जोड दिइन्।

बयरघारीमा प्रधान कार्यालय रहेको माछापुच्छ्रे सहकारीको शेयर पूँजी १ करोड २२ लाख ६० हजार, निक्षेप १४ करोड ५० लाख र कर्जा लगानी १३ करोड ९८लाख रूपैयाँ रहेको छ। संस्थाको वार्षिक वासलत १७ करोड छ। डिजिटल बैकिङ्लाई प्राथमिकता दिदै सहकारीले आफ्नो मोबाइल एप समेत प्रयोगमा ल्याइसकेको छ।

सुन्दरबजार र बानेथोकमा समेत सेवा केन्द्रहरू संचालनमा रहेको सहकारीले सदस्यहरूको आर्थिक हित र सुशासनलाई प्राथमिकता दिएको संस्थाका अध्यक्ष चन्द्रबहादुर बस्नेतले दाबी गरे।

साधारणसभाले साधारण सभाले अध्यक्ष, लेखा समिती र प्रबन्धकको प्रतिवेदन पारित साथै आर्थिक वर्ष २०८०\०८१ को बजेट तथा कार्यक्रमहरू पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस !