२३ आश्विन २०८१, बुधबार

कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल हो :उपसभापति गुरुङ

प्रकाशित मिति :  10 December, 2023 6:37 pm


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन् ।

आइतबार कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख गरे ।

उपसभापति गुरुङले अहिले केही राजनीतिक दलहरु मिसन २०८४ भनेर हिँडिरहेको भएपनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए । उनले कांग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताए । उनले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको बताए ।

उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस !