२३ आश्विन २०८१, बुधबार

आज बालाचर्तुदशी पितृका सम्झनामा शतबीज छरियो

प्रकाशित मिति :  11 December, 2023 7:18 am


काठमाडौँ । आज बालाचर्तुदशी पितृका नाममा दीप दान गरेर मनाइँदैछ । हिन्दु धर्ममा आस्था राख्नेहरु प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन पितृका नाममा दीपदान गरी चतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।

हिन्दु धर्मालम्बीहरुले आफ्ना दिवङ्गत भएका पूर्खाहरुका मुक्तिका लागि शत बीज छर्ने गर्दछन् । शत बीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोको प्रयोग गरिन्छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीसँग जोडिएको किम्मदन्ती अनुसार पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको र सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

बालानन्द आर्यघाटमा जलाउनका लागि ल्याएका शवहरु खाइदिने। मृतकका आफन्तलाई लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।



प्रतिक्रिया दिनुहोस !