२३ आश्विन २०८१, बुधबार

र्जेन्टिनाको राष्ट्रपतिमा जाभियर माइली विजयी

प्रकाशित मिति :  11 December, 2023 10:07 am


काठमाडौँ । दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मास्सालाई पराजित गरेका निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ ।

आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका थिए । सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार ८६.५९ प्रतिशत मतगणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका थिए भने मास्साले ४४।.४ प्रतिशत मत प्राप्त गरेका छन् ।

आइतबार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो । माइली वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजको उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !