२३ आश्विन २०८१, बुधबार

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो (फाेटाेफिचर)

प्रकाशित मिति :  11 December, 2023 10:38 am


तस्विर :पुष्पा पाल

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै आज पशुपतिनाथ मन्दिरमा शतबीज छरिएको छ ।

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो ।

हिन्दु धर्मालम्बीहरूले आफ्ना दिवङ्गत भएका पूर्खाहरूका मुक्तिका लागि शत बीज छर्ने गर्दछन् । शत बीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोको प्रयोग गरिन्छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।



प्रतिक्रिया दिनुहोस !