संसद्को महासचिवबाट गौतमले दिए राजीनामा
प्रकाशित मिति : 11 December, 2023 11:42 am
काठमाडौँ । संघीय संसद सचिवलका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।
राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे ।
गौतमको पदावधि अझै ८ महिना बाँकी थियो। गौतमले राजीनामाको कारण खुलाएका छैनन्।