२३ आश्विन २०८१, बुधबार

ग्लोबल आईएमई बैंकका ४ नयाँ शाखा सञ्चालनमा

प्रकाशित मिति :  11 December, 2023 1:39 pm


काठमाडौँ । ग्लोबल आइएमई बैंकले एकैसाथ चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौँको बूढानीलकण्ठ, दहचोक, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८, शरदपुर र तनहुँको आँबुखैरेनीमा बैंकका शाखा सञ्चालनमा आएका हुन् ।

नयाँ शाखाहरूबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरू भएको ग्लोबल आईएमई बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।

बैंकले अमेरिका,बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स सेवा समेत दिंदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !