२३ आश्विन २०८१, बुधबार

रुसी सेनामा भर्ती हुने नेपालीको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  11 December, 2023 3:14 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको अध्ययन र खोजी कार्य भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले रुसी सेना बनेका नेपालीहरु कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए । उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !