२३ आश्विन २०८१, बुधबार

मौद्रिक नीतिको समिक्षामा नीतिगत लचकता अपनाए पनि अर्थतन्त्रमा दबाब कायम छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  11 December, 2023 4:10 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत् नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सरकारले राजनीतिक दलका नेता,निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरुसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरु र व्यवसायीहरुको ऋण फिर्ता गर्ने समय अवधी थप गरेको जानकारी दिए ।

रेमिट्यान्स,राजश्व, विदेशी मुद्राको सञ्चिती वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रुपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न समेत नसकेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले, “जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको छ । यो बीचमा केही समस्याहरु भए । नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा छ । सरकारले आफ्नो ठाउँबाट लगातार सुधारको प्रयास गर्दै जाँदा राष्ट्र बैंकबाट भएका नीतिगत र व्यावहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने अवस्थासम्म आइपुगेको छ” ।

उनले सरकारले निजी क्षेत्रले भनेको जस्तो नीति आएको भनेकाले अब अब अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छन् भन्ने आशा जागेको बताए ।



प्रतिक्रिया दिनुहोस !