२३ आश्विन २०८१, बुधबार

दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति :  11 December, 2023 4:30 pm


काठमाडौँ । वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला चौबिसे गाउँपालिका घर भएका काठमाडाैँ बाफल बस्दै आएका लक्ष्मण श्रेष्ठ रहेका छन् ।

वैदेशिक रोजगारीको लागि दुबई पठाईदिने भन्दै विवेक पाठकसँग १ लाख ५० हजार रुपैयाँ लिएका थिए । वैदेशिक रोजगारीमा जानको लागि २ लाख ४० हजार रुपैयाँ लाग्ने त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाएका थिए । पीडितबाट पटकपटक रकम लिई श्रेष्ठ सम्पर्क विहीन भएका थिए ।

श्रेष्ठलाई प्रहरीले काठमाडाैँ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !