२३ आश्विन २०८१, बुधबार

नेप्से १५ अंकले घट्दा करिब ५ अर्बको कारोबार

प्रकाशित मिति :  11 December, 2023 4:35 pm


काठमाडौं । हिजो (आइतबार) १११ अंकले उछाल आएको नेप्सेमा आज भने दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक सोमबार १५.४० अंकले घटेर १९४८.५७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँक ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २५ करोड १५ लाख ६० हजार ६ सय ७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन बोर्टलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त वित्तीय संस्था र दोल्ती पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आजको दिन समता लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७ प्रतिशतले घटेको छ ।

कुल ३०३ कमपनीको १ करोड ४६ लाख ९८ हजार ५ सय १७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३ सय ८६ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !