२३ आश्विन २०८१, बुधबार

अख्तियारको प्रवक्तामा नरहरि घिमिरे नियुक्त

प्रकाशित मिति :  11 December, 2023 4:46 pm


काठमाडौँ । ​​अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी आयोगका सहसचिव नरहरि घिमिरेले पाएका छन् ।

आयोगले आज (सोमवार) एक सूचना जारी गर्दै सहसचिव घिमिरेलाई आयोगको प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको छ ।

आयोगका अनुसार घिमिरेलाई यही मंसिर २५ गते सोमवारदेखि प्रवक्ता तोकिएको हो । साथै प्रवक्ता घिमिरेसँग ५२६२२३० र ९८५१२३३२८१ मा सम्पर्क गर्न पनि आयोगले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !