२३ आश्विन २०८१, बुधबार

महिला हिंसासम्बन्धी धेरै कानुन बनेपनि कार्यान्वयन भएका छैनन् : उपसभामुख राना

प्रकाशित मिति :  11 December, 2023 5:44 pm


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

सोमबार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले सरकार भनेको सम्पूर्ण जनताहरु भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताइन् ।

“महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले महिलाहरुले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ। सरकार भनेको सम्पूर्ण जनताहरू हुन्। जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन,” उनले भने, “आज हरेक सम्प्रदायका मानिसहरु र हरेक ठाउँका विकट ठाउँका जुम्ला कर्णालीदेखि लिएर सुदूरपश्चिमका ठाउँहरुमा तराईका ठाउँहरूमा विकास गर्नु हो भने कुनै समय लाग्दैन, तर दुर्गम छन्, केही विकास पुग्न सकेको छैन। दुःखका कथाहरू धेरै छन्।”

उनले महिला हिंसासम्बन्धी धेरै कानून बनेका भएपनि कार्यान्वयनको पाटो कमजोर रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !