२३ आश्विन २०८१, बुधबार

जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरू

प्रकाशित मिति :  12 December, 2023 11:17 am


काठमाडौँ । जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सव सुरू हुँदैछ । हरेका वर्ष मंसिर शुक्ल पञ्चमीको दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइन्छ।

विवाह पञ्चमी महोत्सवको आज पहिलो दिन जानकी मन्दिर प्रांगणमा एकजना बालकलाई राम र बालिकालाई सीताको स्वरूप बनाइ नगरदर्शन गराइन्छ ।

दोस्रो दिन दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ , चौथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर गरिनेछ । छैटौँ दिन पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाहको कार्यकम्र हुनेछ ।

महोत्सवको अवसरमा प्रमुख जिल्ला प्रशासन कार्यालय धनुषाले एक सुचना जारी गरी जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछामासु बिक्री वितरण गर्न निषेध गरेको छ ।

जारी सुचना अनुसार मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जनकपुरधाम क्षेत्रमा माछा, मासु र मदिरा निषेध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !