२३ आश्विन २०८१, बुधबार

एमालेको संकल्प यात्रालाई अवरोध गर्ने ८ जना पक्राउ

प्रकाशित मिति :  12 December, 2023 12:13 pm


काठमाडौँ । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै पहिचानवादी समूहले आह्वान गरेको बन्दका क्रममा रुख ढालेर बाटो अवरोध गर्ने ८ जना पहिचानवादीलाई पक्राउ गरिएको छ ।

एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले उदयपुरको घुर्मीदेखि भोजपुरको लेगुवासम्म अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ ।

मङ्सिर १४ गते महाकालीदेखि सुरु भएको नेकपा एमालेको मध्यपहाडी सङ्कल्प यात्रा आज कोशी प्रदेशको उदयपुरस्थित घुर्मीबाट प्रवेश गर्दैछ । सङ्कल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली दिउँसो १ बजे उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी आउने कार्यक्रम छ ।

एमालेको संकल्प यात्रा मंगलबार बिहान रामेछापको मन्थलीबाट पुष्पलाल लोकमार्ग हुँदै घुर्मीतर्फ अघि बढेको छ। यात्रा सुरक्षाको लागि सिन्धुली र उदयपुरमा विशेष सुरक्षा परिचालन गरिएको छ।

एमालेको संकल्प यात्रालाई अवरोध गर्न आह्वान गरेको बन्दका क्रममा ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने ८ जना पहिचानवादीलाई पक्राउ गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !