२३ आश्विन २०८१, बुधबार

सुनको मूल्य लगातार घट्दै

प्रकाशित मिति :  12 December, 2023 12:21 pm


काठमाडौँ । गतसाता उकालो लागेको सुनको मूल्य यससाता घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज मंगलबार छापावाला सुनको मूल्य तोला ७०० रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार सोमबार तोलाको १४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहि सोही मूल्यमानै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !