२३ आश्विन २०८१, बुधबार

सत्ताधारीको आलोचना गर्दा गणतन्त्र नै नाश हुन्छ भन्ने मानसिकता बढ्यो : नेता रिजाल

प्रकाशित मिति :  12 December, 2023 4:28 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताए।

जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै पनि गणतन्त्रको रक्षा हुने उनको जिकिर थियो।

‘गणतन्त्रको सुदृढिकरण भन्नुभयो, नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कसरी आयो भन्दा नेपालको सार्वभौम सत्ता रक्षा गर्नका लागि हो। दलहरू विदेशीका दलाल भए भनेर हो। म पनि सत्ताको सबैभन्दा ठूलो दलको मान्छे हो। प्रभाव मात्रै पो कम भएको त,’ उनले भने, ‘हामीले ठोक्नुपर्‍यो भने गठबन्धनले ठोक्ने के भन्दा अरु उपाय छैन, गणतन्त्र जोगाउन भनेर हानिहाल्ने हाम्रो प्रवृत्ति भएको छ, त्यो कदाचित राम्रो होइन। म सुरुमा गणतन्त्रवादी होइन, विचारले गणतन्त्रवादी तर नेपाल गणतन्त्रको लागि तयार छैन भन्ने लाग्थ्यो। कुन बिन्दुसम्म भन्दा १२ बुँदे समझदारी हुँदासम्म। हामीले निरंकुश राजतन्त्रको अन्त्य भनेर लेख्दाखेरी मन्त्रीज्युहरू राजतन्त्रको र हामी निरंकुशताको अन्त्यवाला हो।

उनले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताए। बोल्ने शब्दहरू नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको बताए।

‘त्यतिबेलासम्म पनि हामी निरंकुशताको मात्रै अन्त्य गरे पुग्छ भन्ने थियो। बाहिर घुम्न थालेपछि अब नेपाल गणतन्त्रका लागि नेपाल तयार भएको बुझेको थिएँ। मलाई कसैले आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भनेर त्यसलाई ठोक्नुपर्छ भन्ने मानसिकता जुन सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन, त्यसरी गणतन्त्र आएको होइन। जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै गणतन्त्रको रक्षा हुन्छ। गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनुपर्दैन। गणतन्त्र सबैका बीचको एउटा आम चिज हो,’ उनले भने।

नेता रिजालले आफू २०६२|०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभइ निरंकुशता अन्त्यको पक्षमा रहेको बताए।



प्रतिक्रिया दिनुहोस !