२३ आश्विन २०८१, बुधबार

ग्याँस उद्योग संघले भन्यो, “ग्याँस प्रयाप्त छ, मूल्य एक हजार आठ सय पन्चानब्बे मात्र हो”

प्रकाशित मिति :  13 December, 2023 8:13 am


काठमाडौँ। ग्याँस उद्योगीहरुको संस्था नेपाल एलपी ग्याँस उद्योग संघले नेपालमा एलपी ग्याँस प्रयाप्त मात्रामा रहेको जानकारी दिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै संघले बढी मूल्यमा विक्री भएको र अभाव रहेको जस्ता हल्ला गलत भएको स्पष्ट पारेको हो ।

अध्यक्ष शिव घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल आयल निगम लिमिटेडले बै क्षेत्रका लागि कायम गरेको ग्याँसको उपभोक्ता मूल्य प्रति सिलिन्टर (१४.२ केजीको) एक हजार आठ सय पन्चानब्बे मात्र तिरी ग्याँस खरिद गर्न र र अनिवार्य विल लिन आम उपभोक्तामा अनुरोध गरिन्छ।”

निर्धारित मूल्य भन्दा बढी मूल्य लिई किनवेच हुनु गैरकानुनी रहेकाले गैरकानुनी गतिविधी भएको पाइएमा तत्काल जानकारी गराउन संघले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !