२३ आश्विन २०८१, बुधबार

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

प्रकाशित मिति :  13 December, 2023 11:33 am


काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र आजदेखि सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

महानगरले २ साताअघि सुचना जारी गर्दै मंसिर २७ गतेदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गर्ने जानकारी दिएको थियो ।

महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !