२३ आश्विन २०८१, बुधबार

गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या १८ हजार ४ सय नाघ्यो

प्रकाशित मिति :  13 December, 2023 12:56 pm


काठमाडौँ । गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।

अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो । साथै मंगलवार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा ४ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !