२३ आश्विन २०८१, बुधबार

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी

प्रकाशित मिति :  13 December, 2023 1:49 pm


काठमाडौँ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ ।

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो ।

बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा। ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए ।

उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पु¥याउने बताए । उनले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताए । उनले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गरे ।

उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताए । उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताए ।



प्रतिक्रिया दिनुहोस !