२३ आश्विन २०८१, बुधबार

चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराशमा छन् : अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  13 December, 2023 2:34 pm


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूले चुनावमा गरेका घोषणा र प्रतिवद्धताहरूको पूर्ण पालना नगर्दा नागरिकहरू निराश भएको बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा दलहरूले जारी गरेका घोषणापत्र र उम्मेदवारहरूले गरेको प्रतिवद्धताहरू पूरा नहुँदा नागरिकहरू राजनीतिप्रति असन्तुष्ट रहेको बताए ।

उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए । उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिई कामकारबाही गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !