२३ आश्विन २०८१, बुधबार

तोलामा २८०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  14 December, 2023 11:39 am


काठमाडौँ । एक सातादेखि ओरालो लागेको सुनको मूल्य आज बिहिवार ह्रातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज छापावाला सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ बढेर तोलाको एक लाख १८ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १८ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि ह्रातै बढेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँ बढेर तोलाको १४५५ रुपैयाँ तोकिएको छ । हिजो छापावाला सुनको मूल्य तोलाको एक लाख १६ हजार र चाँदी तोलाको १४०० रुपैयाँमा किनबेच भएको थियो ।



प्रतिक्रिया दिनुहोस !