महेन्द्रनगरमा निषेधाज्ञा जारी, शालिक राख्ने विषयमा थप विवाद हुन सक्ने भन्दै एक साता निषेधाज्ञा
काठमाडौँ । कञ्चनपुरमा राजा महेन्द्रको सालिक राख्ने विषयमा दलहरूबीच विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भन्दै महेन्द्रनगर बजारमा बिहीबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार भण्डारीले भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ ९क० बमोजिम देहायको क्षेत्रमा मिति २०८०\ ८\२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’
भीमदत्त नगरपालिका वडा नं ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा सालिक राख्न दिने नदिनेबारे दलहरुबीच मतभिन्नता भएपछि शान्ति सुव्यवस्थालाई कायम राख्न प्रशासनले यस्तो कदम चालेको हो।