२३ आश्विन २०८१, बुधबार

राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय छ : उद्योगमन्त्री रिजाल

प्रकाशित मिति :  14 December, 2023 2:31 pm


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योग मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले हस्तकला व्यवसायीहरुलाई सरकार सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

“नेपाली हस्तकला क्षेत्रले हस्तकला बस्तुहरुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्नुको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान एवम् गरिमालाई उच्च राख्न पुर्याएको योगदान प्रशंसनीय छ” उनले भने, “हस्तकला क्षेत्रले नेपालको आर्थिक र समाजिक विकासको साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनमा हस्तकला वस्तुहरुको उल्लेखनीय योगदान रहेको छ । सरकार हस्तकला उद्योग व्यवसायीहरुलाई सहयोग गर्न प्रतिवद्ध छ ।”

मन्त्री रिजालले हस्तकलाका वस्तुहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए । उनले नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुहरूको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको दाबी गरे ।

उनले भने, “नेपाल सरकारले हालै स्वीकृत गरिएको नेपाल व्यापार रणनीति २०८०ले हस्तकलाका सामग्रीहरुलाई उदयमान वस्तुहरु तथा भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको छ ।”

उनले सरकारले हालै स्वीकृत गरेको नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीहरुलाई भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !