२३ आश्विन २०८१, बुधबार

संघीय संसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे

प्रकाशित मिति :  14 December, 2023 4:09 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

बिहीबार संघीय संसद् सचिवालयद्वारा १७ औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले संसद्को गरिमा कायम राख्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसद्को सन्दर्भमा विगतमा भएका विडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरूलाई आफूले गम्भीरताका साथ लिएको बताए ।

सभामुख घिमिरेले संसद्को गरिमालाई उच्च राख्नका संघीय संसद् सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताए ।

उनले संसद्लाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद् सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंकित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे ।

सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !