२३ आश्विन २०८१, बुधबार

संघीय संसदलाई माग गरेजति नै बजेट दिनुपर्छः अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  14 December, 2023 4:12 pm


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए ।

उनले संघीय संसदले बजेट पास गर्ने भएपनि संसदमै बजेट कम भएर आवश्यक कार्यक्रमहरु गर्न नसकिएको भन्दै आवश्यक बजेट दिनुपर्ने बताए । उनले संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसदको अधिवेशन र समितिहरु चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !