२३ आश्विन २०८१, बुधबार

परराष्ट्र सचिवमा सेवा लम्साल र रथीमा अशोकराज सिग्देल बढुवा

प्रकाशित मिति :  14 December, 2023 5:03 pm


काठमाडौँ । सरकारले परराष्ट्र सचिवमा सेवा लम्साल र नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव लम्साललाई सचिवमा र उपरथी सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

रथीमा बढुवा भएसँगै सिग्देल भावी प्रधानसेनापतिको रोलक्रममा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !