२३ आश्विन २०८१, बुधबार

सुनिलस्मृति गाउँपालिकाद्वारा नदिजन्य पदार्थ चोरीनिकासी रोक्न नगर प्रहरी परिचालन

प्रकाशित मिति :  14 December, 2023 5:23 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका नदिजन्य पदार्थ चोरी निकासी रोक्न नगर प्रहरी परिचालन गरेको छ ।

पालिकाभित्र पर्ने लुंग्री,माडी खोलाहरूबाट गाउँपालिकाको अनुमति विना नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा) चोरी निकासी भैरहेको सूचना प्राप्त भएको भन्दै नगरप्रहरी परिचालन गरिएका गाउँपालिकाले जनाएको छ ।

चोरी निकासीमा संलग्न केहीलाई ईलाका प्रहरी कार्यालय सुलिचौर र खुंग्रीको सहयोगबाट समेत विभिन्न चरणमा कारवाही समेत गरिएको गाउँपालिका अध्यक्ष सचिवालयले जनाएको छ ।

यस्तै खुंग्री चतुर्भुजदेखि मिझिङ लमपुजासम्मको सडक क्षेत्रमा केही व्यक्तिहरूले सडकमै निर्माण सामाग्री राखि सवारी आवातजावत समस्या भैरहेको चौतर्फी गुनासो बढ्न थालेको भन्दै हटाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

निर्माण सामाग्री हटाउन नगरप्रहरी परिचालन गरिएको छ । सूचना प्राप्त भैसकेपनि अटेरी गरिरहेको पाइएमा नियमानुसार कारबाही गरिने गाउँपालिकाले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !