२३ आश्विन २०८१, बुधबार

संघीय संसद्का काम पारदर्शी हुनुपर्छ : उपाध्यक्ष अर्याल

प्रकाशित मिति :  14 December, 2023 5:55 pm


काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद्को काम कारबाही पारदर्शी बनाउनुपर्ने बताएकी छन् ।

१७ औँ संघीय संसद् सेवा दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले संघीय संसद्को सबै कामहरूलाई पारदर्शी ढंगले गर्नुपर्ने बताएकी हुन् ।

उनले संसदलाई पारदर्शी बनाउन सके सरकारका कामहरूलाई पनि संसद्ले सुधार गर्न सक्ने वातावरण बन्ने बताइन् । राष्ट्रियसभाको सम्बन्ध प्रदेश र स्थानीय तहसँग पनि भएको उल्लेख गर्दै उनले राष्ट्रिय सभाले संघीय, प्रदेश र स्थानीय तहको सरकारलाई जोड्न भूमिका खेल्नुपर्ने समेत बताइन् ।

‘हामीले हाम्रा सबै कामहरूलाई पारदर्शी ढंगले सुचारु राख्न सक्यौँ भने बल्ल संघीय संसद्ले सरकारले गरेका कामहरू करेक्सनमा राख्न सक्ने वातावरण सिर्जना हुन्छ जस्तो लाग्छ’, उपाध्यक्ष अर्यालले भनिन्, ‘विशेष गरी राष्ट्रियसभा प्रदेश र स्थानीय तहको सरकारसँग पनि जोडिएर गएको हुनाले हाम्रो काम, कारबाही र समन्वयले तल स्थानीय तहमा रहेको सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई जोड्ने र ती संसद्सरभाहरूलाई बढी प्रभवकारी बनाउने हिसाबले पनि हाम्रो भूमिका महत्वपूर्ण छ राष्ट्रियसभाको । संघीय संसद् सम्पूर्ण जिम्मेवारीसहित हामी यसरी जानुपर्छ ।’

अर्यालले संसद् सेवामा काम गर्ने कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने र उनीहरूको कदर गर्नुपर्ने पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस !