२३ आश्विन २०८१, बुधबार

एनसेल सेयर खरिद‍-बिक्री प्रकरणमा सरकारको संलग्नता छ : ओली

प्रकाशित मिति :  14 December, 2023 6:31 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् ।

बिहीबार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एनसेल बेच्ने तयारी भइरहेको बेला सरकारको संलग्नता बिना बेच्नै नसक्ने दाबी गरे । उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्नु अचम्म भएको बताए ।

उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको उनको आरोप थियो । उनले नागरिकहरुले सरकारको संलग्नत छ भनेपनि सरकार बोल्न नसकेको बताए ।

“हामीले चुनावमा भोट दिएर जिताइ पठाएका शासकहरू के गरिरहेका छन् अहिले रु क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिन्छ । कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ । कति किलो दिनैपिच्छे सुनका सुन देशमा तस्करी भइरहन्छ । यस्तो कति हो कति तस्करी भइरहन्छ । सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ”,उनले भने, “यसमा सरकारको संलग्नता नहुने कुरै भएन । खर्बौंको कारोबार, खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ ।”

अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे । उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।



प्रतिक्रिया दिनुहोस !