२३ आश्विन २०८१, बुधबार

बालकृष्ण खाँण ३० लाख धरौटीमा आज रिहा हुँदै

प्रकाशित मिति :  15 December, 2023 9:03 am


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण आज रिहा हुँदै छन् ।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण आज धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।

खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बैशाख २७ गते प्रकाउ परेका थिए । अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम सङ्गठित रूपमा असुलेको अभियोगमा सरकारले गत जेठ १० गते पूर्वमन्त्रीद्वय खाँण र टोपबहादुर रायमाझीसहित ३० जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा सङ्गठित अपराधसहित किर्ते र ठगीमा मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !