२३ आश्विन २०८१, बुधबार

नारायणगढ-मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

प्रकाशित मिति :  17 December, 2023 10:28 am


फाइल फाेटाे

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म विहान ११ बजेदेखि ३ बजेसम्म सडक हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

शनिवार चितवनको कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको बैठकले तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।

तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विस्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो ।



प्रतिक्रिया दिनुहोस !