२३ आश्विन २०८१, बुधबार

समाचारमा मात्र केन्द्रित प्रिन्टेड मिडिया अब सञ्चालन हुन सक्दैनन्ः मन्त्री शर्मा

प्रकाशित मिति :  17 December, 2023 2:32 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब प्रिन्टेड मिडियाहरू सञ्चालन हुन नसक्ने बताएकी छन्।

आइतबार काठमाडौँमा द राइजिङ नेपालको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताइन्।

उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताइन्। सूचना जनतासमक्ष लैजाने एउटा पाटो भएपनि जनताका कुरा र गुनासा सकारसम्म पुर्‍याउने काम पनि सञ्चारमाध्यमको भएको उनको भनाइ छ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताए।

उनले समाचार विश्वसनीय र गुणस्तरीय बनाउँदै लैजानुपर्ने चुनौति अहिले देखिएको र त्यसमा गोरखापत्र संस्थानले काम गरिरहेको पनि बताए।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले नागरिकले के चाहन्छन् भन्नेकुरालाई बुझ्न सकेन भने पत्रकारिताको अस्तित्व संकटमा पर्नसक्ने बताए ।

उनले सञ्चारमाध्यमहरूले नागरिकका आवाज पहिलो भन्नेकुरा प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !