२३ आश्विन २०८१, बुधबार

यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

प्रकाशित मिति :  17 December, 2023 5:47 pm


काठमाडौँ । सरकारले खनिज इन्धनको प्रयोग घटाउने र विद्युत् खपत् बढाउनेसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले सरकारले विद्युत्‌को खपत् बढाउने र खनिज इन्धनको खपत् न्यूनीकरण गर्नेसम्बन्धी कार्ययोजना स्वीकृत गरेको जानकारी दिइन् ।

उनका अनुसार बैठकले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि र हातहतियार खरखजना नियमावली (बाह्रौं संशोधन) स्वीकृत गर्ने निर्णय गरेको छ ।

साथै सरकारले ताप्लेजुङको घुन्सा खोला जलविद्युत आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !