२३ आश्विन २०८१, बुधबार

आवश्यकताअनुसार मन्त्रीमण्डल फेरबदल हुनसक्छ : सञ्चारमन्त्री शर्मा

प्रकाशित मिति :  17 December, 2023 5:56 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने बताएकी छन् ।

आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले अहिले नै भने सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको बताइन् ।

‘मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुराहरू छ, यो विषयमा कुनै छलफल भएको छैन, आवश्यकताअनुसार परिवर्तन यस्तो हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन’, उनको भनाइ छ ।

प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको स्पष्ट पारिन् । सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको शर्माको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !