२३ आश्विन २०८१, बुधबार

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

प्रकाशित मिति :  18 December, 2023 10:19 am


काठमाडौँ । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मार्तडीबाट निर्माण सामाग्री लिएर बडिमालिका–२ भौनेरा जाँदै गरेको ट्याक्टर खरिगाडमा दुर्घटना हुँदा तीन जना पुरुष र एक महिलाको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ का ३५ वर्षीय हिक्मतबहादुर रोकाया बडिमालिका–२ भौनेराका अन्दाजी ३७ वर्षीय देवराज जोशी, बडिमालिका–२ जुगाडाकी २६ वर्षीया करिष्मा रोकाया र बडिमालिका– १ का ३६ वर्षीय चन्द्र दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !