२३ आश्विन २०८१, बुधबार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

प्रकाशित मिति :  18 December, 2023 11:01 am


काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाका अनुसार मिर्मिबाट जयपतेतर्फ आउँदै गरको लु २१ प ५३८६ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित गई दुर्घटना हुँदा कपिलवस्तु जिल्ला शिवराज नगरपालिकाका २४ वर्षीय सलमान खान गम्भीर घाइते भएका हुन् ।

गम्भीर खानको कालीगण्डकी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !