२३ आश्विन २०८१, बुधबार

बालेनलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने ‘पहिला बोलेर हिँड्नीसँग इरिटेसन हुन्छ’

प्रकाशित मिति :  18 December, 2023 1:45 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहसँग अुन्तुष्टी जनाएका छन् । ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवको कार्यक्रममा बोलेर बालेन निष्किएपछि प्रधानमन्त्री प्रचण्ड बालेनसँग असन्तुष्ट भएका हुन् ।

शुभकामना मन्तव्य राख्ने क्रममा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा देखिएका कानुनी जटिलता फुकाइदिन र खोला अतिक्रमण गरेको बसेको बस्ती हटाइदिन सहयोग मागेका थिए ।

प्रचण्डले आफू बोल्ने क्रममा आफ्ना कुरा राख्ने तर जवाफ नसुनी हिँड्ने गरेको भन्दै बालेनसँग असन्तुष्टि जनाए । प्रधानमन्त्री प्रचण्डले भने ‘बालेन जी हिँडिहाल्नुभयो । मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ, आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्नी अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्न हुन्न । बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’

बालेनको गुनासोको जवाफ दिँदै प्रधानमन्त्रीले आफूले गरेका सकारात्मक कामलाई सकारात्मक रुपमा नलिदिइएकोमा भनेर उल्टै गुनासो गरे ।

प्रधानमन्त्रीले प्रचण्डले खोला किनारका अतिक्रमण, तिनकुनेको मुआब्जा र फोहोर व्यवस्थापनका विषयमा सिंहदरबारमा छलफल गरेर आफूले जति अरु प्रधानमन्त्री कसैले पनि पहल नगरेको बताउँदै पहल गरेको कुराको जस नपाएको गुनासो गरे ।

प्रधानमन्त्रीले भने, ‘उहाँलाई म भन्न चाहन्छु, बागमतीको हस्तक्षेप वा तीनकुने वा फोहोरको विषयमा अहिले प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ।’
प्रधानमन्त्रीले आफुले गरेका सकरात्मक सोचसहित गरिएका कामलाई प्रोत्साहन नदिएको भन्दै बेला बेलामा पिडा महसुश गर्ने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !