२३ आश्विन २०८१, बुधबार

सुनिता नेपालले पाइन् स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

प्रकाशित मिति :  18 December, 2023 1:54 pm


काठमाडौँ। स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुनिता नेपालले पाएकी छन् ।

गृह मन्त्रालयले १६ जिल्लाका सिडिओ हेरफेर गर्ने क्रममा स्याङ्जामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी नेपालले पाएकी हुन् ।

सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेकी नेपाललाई स्याङ्जाको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

स्याङ्जाका हालका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको छ । यो भन्दा पहिले सहसचिव इन्दु घिमिरेले पहिलो प्रजिअको रूपमा जिल्लाको कमान्ड सम्लाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !